काठमाडौं, भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । सोमबार अपरान्ह् बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि नतिजा प्रकाशित गरिएको हो । गत ६ चैतका लागि निर्धारित एसईई कोरोना (कोभिड–१९) का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको…