काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप परीक्षामा सहभागी हुने विद्यार्थीले प्रवेश पत्र देखाएर लगाउन पाउने भएका छन् । कोरोना महामारीकाबीच परीक्षा सञ्चालन भइरहेकोमा विरोध भइरहेका बेला सरकारले परीक्षार्थीलाई खोप लगाउने व्यवस्था गरेको हो । यसका लागि स्वास्थ्य मन्त्रालयले प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने…