काठमाडौं, मंसिर ३ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले विगतका महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पु¥याएको भन्दै गुटबन्दीबाट बचाउन दशौं महाधिवेशनमा पार्टी नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरुको जोड रहेको बताउनुभयो । सहमतिमा नेतृत्व…