काठमाडौं । कोरोना भाइरस दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससलले महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताउनुभएको हो । शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले सन् १९१८ को स्प्यानिश फ्लू दुई वर्षमा नियन्त्रणमा आएको दृष्टान्त दिंदै उक्त विश्वास व्यक्त…