काठमाडौं । नेकपा (एमाले)का निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभयो । मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उहाँले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा…