गाउँपालिकाले जिप दुर्घटनाका घाइतेको उपचार र मृतक परिवारलाई किरिया खर्च दिने « Image Khabar


गाउँपालिकाले जिप दुर्घटनाका घाइतेको उपचार र मृतक परिवारलाई किरिया खर्च दिने


0
Shares

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराउने भएको छ ।

रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार बेलुकी जिप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले घाइतेलाई जनही एक लाख रुपैयाँ र मृतकका परिवारलाई किरिया खर्चका लागि पचास हजारका दरले उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

बेनीदेखि बेगको सीम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप औलामा दुर्घटना हुँदा बेगकी वडा सदस्य गौमाया बिक, चालक दुढबहादुर थापा, यात्रु खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको थियो । मृतक र घाइते सबै बेगका हुन् ।

प्रहरीका अनुसार जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो । वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका विद्यालयहरु आजका लागि बन्द गरिएको छ ।