काठमाडौं । स्थानीय तह चुनावको तयारी थालेको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । प्रधानमन्त्रीसमक्ष आयोगका पदाधिकारीले स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्नेगरी दुईवटा मिति प्रस्ताव गर्न लागिएको बताउनुभयो । आयोगले एक चरणमै निर्वाचन गर्न सरकारलाई सुझाव दिँदै आएको…