३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


रूसी अदालतद्वारा गुगललाई ९ करोड ८० लाख जरिवाना


221
Shares

एजेनसी । रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिवाना गर्ने भएको छ ।

मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना गर्ने आदेश दिएको हो । जरिवानासम्बन्धी उक्त कुरा अदालतको प्रेस सेवाले टेलिग्राममार्फत् जानकारी गराएको हो । केही यूरोपेली मुलुकलेजस्तै गुगलले अवैध सामग्री राखेको भन्दै आपत्ति जनाउँदै यस्ता सामग्री हटाउन दबाब दिँदै आएको छ ।

इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्यधिक लगानी गरेको गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो। इन्टरनेटमा आधारित बहुसख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञानिक कार्यक्रम ‘एडवर्ड्स’को माध्यमबाट नै गुगलले नाफा कमाउँछ ।