काठमाडौं । नेपाल र भारतबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल अहिले भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल किरण चेम्जोङको नेतृत्वमा उत्रिएको छ । खेलको ६२ औं मिनेटमा फारुख चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका छन् । मध्यान्तरसम्म बराबरी खेलेको नेपालले मध्यान्तरपछि भने दबाबमा खेलिरहेको छ । यता, कप्तान किरणले नेपालका…