राजनीतिक दलबीचको मतभेदलाई निरुपण गर्नुपर्छ : राष्ट्रपति भण्डारी « Image Khabar


राजनीतिक दलबीचको मतभेदलाई निरुपण गर्नुपर्छ : राष्ट्रपति भण्डारी


52
Shares

काठमाडौं, पुष ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताउनुभएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा बोल्दै उहाँले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सामाजिक, आर्थिक रुपान्तरणका लागि राजनीतिक दलबीचको मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्नुपर्ने बताउनुभयो । राष्ट्रियताको मर्मलाई आत्मासात् गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाई छ ।

राष्ट्रपति भण्डारीले अरबौँ रुपैयाको कृषि उपज आयात गरी व्यापारघाटा बेहोर्नु परेको भन्दै कृषि उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो । सामाजिक न्यायसहितको समृद्धिलाई लक्ष्य बनाउनुपर्ने उहाँको भनाई छ ।