काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनता र प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्नुभएको हो । संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनस्तरको सम्बन्धले भारत र नेपाललाई जोडेको भन्दै मोदीले दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध…