काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमिहीनता सदाका लागि अन्त्य हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिनुभएको छ । मन्त्री श्रेष्ठले लक्षित वर्गले भरोसा गर्नेगरी काम सुरु गर्न आयोगलाई सचेत गराउनुभयो । राष्ट्रिय भूमि आयोगले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले आयोगको कामलाई सफल बनाउन आफ्नो मन्त्रालय र मातहतका सबै…