काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरमा कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस संक्रमण देखिएको कारणले बिहीबारदेखि प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी…