काठमाडौं, माघ ५ । आगामी शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको छ । कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्न यो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिहरुको अभिलेख राख्न र खोप लगाउन…