Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


टी–ट्वान्टी विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा


741
Shares

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज बिहीबार १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

पहिला छानिएका ३० मध्ये अहिले १६ जना छनाेट भएका हुन् ।

टिममा प्रदीप ऐरी, जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक स्थान बनाएका छन् । यस्तै, विनोद भण्डारी, सोमपाल कामी टिमबाट बाहिरिएका छन् ।

नेपालले टी–ट्वान्टी विश्वकप छनोटमा सन्दीप लामिछानेको कप्तानीमा खेल्ने छ ।

विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् ।

नेपाली टिम :- 

सन्दीप लामिछाने (कप्तान)

कुशल भुर्तेल

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिंह ऐरी

शरद भेषवाकर

करण केसी

आरिफ शेख

कुशल मल्ल

आसिफ शेख

कमल सिंह ऐरी

शाहब आलम

अविनाश बोहरा

प्रदिप ऐरी

जितेन्द्र कुमार मुखिया

विवेक यादव

लोकेश बम