काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण देखिएकाे छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण देखिएकाे हाे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती स्थानमा पालिएकाे कुखुरामा बर्डफ्लू संकमण देखिएकाे पुष्टि गरेकाे छ ।