शिवहरि भट्टराई (इमेज)राजविराज, मंसिर २५ । सरकारी पक्षसँग चार बुँदे सहमति गरेसँगै १८ दिनदेखि अनशनमा बसेका सप्तरीका विकास तिवारीले अनशन तोडेका छन् । शनिबार स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा राजविराजमा दुबैपक्षका प्रतिनिधिबीच चार बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सरकारसँग सहमति भएपछि शनिबार नै तिवारीले १४ महिने बालिका निलमकुमारी मण्डलको हातबाट जुस पिएर अनशन तोडेका छन्…