Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


अनशन तोड्दै तिवारीले कसको हातबाट पिए जुस ? के भयो सहमति ?


0
Shares

शिवहरि भट्टराई (इमेज)
राजविराज, मंसिर २५ । सरकारी पक्षसँग चार बुँदे सहमति गरेसँगै १८ दिनदेखि अनशनमा बसेका सप्तरीका विकास तिवारीले अनशन तोडेका छन् ।

शनिबार स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा राजविराजमा दुबैपक्षका प्रतिनिधिबीच चार बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सरकारसँग सहमति भएपछि शनिबार नै तिवारीले १४ महिने बालिका निलमकुमारी मण्डलको हातबाट जुस पिएर अनशन तोडेका छन् ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा–सुविधा सुधारको माग गर्दै विगत १८ दिनदेखि उनी अनशनमा बसेका थिए ।

सहमतिअनुसार एक महिनाभित्र गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबिन समिति बनाउने, उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाएपछि दोषी ठहर भएकालाई कारबाही गर्नेलगायत बुँदा समेटिएका छन् ।

तिवारी नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष पनि हुन् ।

तिवारी गत मंसिर ८ गतेदेखि अस्पताल परिसरमै आमरण अनशनमा बसेका थिए ।