-प्रज्ञा तिमल्सिना, ईमेज अस्पताल नजिकै दिनहुँजसो हुने सभा सम्मेलन र राजनीतिक भाषणको मारमा अस्पताल पुगेका बिरामी पर्ने गरेका हुन् । काठमाडौंको केन्द्रमै रहेका वीर अस्पताल र ट्रमा सेन्टरमा पुग्ने बिरामी ध्वनी प्रदूषणका कारण झन मारमा पर्ने गरेका छन । अस्पताल नजिकैको टुंडिखेल, खुलामञ्च र बसपार्कबाट आउने ठूलो ध्वनीका कारण बिरामीलाई सास्ती हुने गरेको हो ।…