सरकारले ८ वर्षयता वातावरण प्रदूषण कर उठाइरहेको छ । तर, यसरी उठाएको करिब ४ अर्ब रुपैयाँ अर्थ मन्त्रालयमै थन्किएको छ । वातावरण प्रदूषण न्यूनीकरणका लागि खर्च गर्ने उद्देश्यसहित कर लगाइएपनि ८ वर्षसम्म त्यसको कुनै उपयोग हुन सकेको छैन र आफूले बुझाएको करबारे जनताले कुनै सूचनासमेत प्राप्त गर्न सकिरहेका छैनन् । विश्व स्वास्थ्य संगठनले विश्वका तीन…