मन्त्रिपरिषदको यही फागुन ११ गतेको बैठकले सो निर्णय गरेको थियो । विगत केही समयदेखि मन्त्रालयअन्तर्गत् कार्यरत् स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ को विशेष पद–पदस्थापना विषयमा जारी आन्दोलनको सन्दर्भमा मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै आन्दोलनलाई फिर्ता लिइ कार्यक्षेत्रमा फर्कन पुनः आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव भागेन्द्र डोटेलद्वारा जारी विज्ञप्तिमा…