सडक दुर्घटनामा मृत्यु भएका गोविन्दबहादुर भुजेलको मिर्गौला १५ वर्षीय मिलन श्रेष्ठ र ५१ वर्षीय गोविन्द तिमल्सिनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । काठमाडौं, लाजिम्पाटका मिलन श्रेष्ठको पाँच वर्षअघि दुबै मिर्गौला ‘फेल’ भएको थियो भने सुनसरीका गोविन्द तिमल्सिनाको तीन वर्षअघि मिर्गौला फेल भएको थियो । मानवअंग प्रत्यारोपण केन्द्रले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो…