पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासीलाई ६० लाख विनियोजन « Image Khabar


पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासीलाई ६० लाख विनियोजन


Imagekhabar
७ जेष्ठ २०७४, आईतवार १४:२२

अस्पतालको अन्तरंग, बहिरंग र आकस्मिक कक्षसहित शल्यक्रिया कक्षको मर्मत–सम्भारको काम सुरु गरेको अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताए ।

सरकारको निर्णयअनुसार १५ शैय्याबाट क्षमता विस्तार गरी ५० शैय्याको अनुमति पाएको जिल्ला अस्पताल यतिबेला २४सै घन्टा फार्मेसी सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ ।

अस्पतालका लागि मन्त्रालयबाट रु ६० लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको उक्त रकमबाट मर्मत सम्भार तथा सुधार भई चालु आवभित्रै उपलब्धिमूलक काम गरिने अस्पतालले जनाएको छ ।

अस्पतालभित्र दिइने सेवा सुविधाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेकामा उक्त रकमबाट केही राहत हुने बताइएको छ । भौतिक संरचना कमजोर भएका कारण जिल्ला अस्पताललाई व्यवस्थित गराउन आफूलाई निकै चुनौती रहेको अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष श्रीवास्तवले बताए । रासस

प्रतिक्रिया दिनुहोस्