नेपाली सेना र स्वास्थ्य मन्त्रालयको सहकार्यमा रौतहटको गौरमा यही चैत ८ गतेदेखि सन्चालित ६ दिने निःशुल्क सघन स्वास्थ्य शिविरको बिहीबार निरीक्षणकाक्रममा सेनापति क्षत्रीले शिविरले धेरै सर्वसाधारणलाई लाभ पुर्याएको बताए । मोबाइल अस्पतालकोरुपमा रहेको नेपाली सेनाको अत्याधुनिक सुविधा–सम्पन्न शिविरमा उपचार गराउनेमा रौतहटसहित बारा, सर्लाही, मकवानपुर र छिमेकी भारतका सर्वसाधारणसमेत रहेका छन् । शिविरमै शल्यक्रिया र भिडियो…