एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, इइजी, इन्डोस्कोपी, पञ्चकर्म, क्षारसूत्र, अकुपन्चर, थेराप्युटिक योगजस्ता सेवा सो केन्द्रले सुरु गएको हो । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सो सेवाको बिहीबार (आज) उद्घाटन गर्दै नयाँ संरचनानुसार प्रत्येक गाउँपालिकादेखि महानगरपालिकासम्म आयुर्वेद तथा वैकल्पिक चिकित्साको विकास गरिने बताए । आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्यायले मुलुकमा रहेका लोपोन्मुख जडीबुटी तथा खनिज तत्वलाई संरक्षण तथा विस्तारका लागि…