शनिबार (आज) डा.केसीले विज्ञप्तिमार्फत जालझेलपूर्वक अहिलेकै अवस्थामा ‘माफियामुखी संस्करण’को रुपमा विधेयक पारित गर्ने प्रयास गरे सत्याग्रहसहित विरोधका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका हुन् । नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि गरिएको एघारौँपटकको आमरण अनशन २३ औं दिनमा स्थगित गरेका डा.केसी हाल स्वास्थ्य लाभ लिइरहेका छन् । २३ दिन लामो अनशनपछि शिक्षण अस्पतालमा उपचाररत…