केसीको स्वास्थ्य अवस्था बिग्रँदै गए पनि सरकारी वार्ता टोलीसँगको लगातारको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच शनिबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन । सरकारी वार्ता टोलीले अनसन तोड्न आग्रह गरे पनि केसीले माग पूरा नभएसम्म अनसन नतोड्ने अडान राखेका छन् ।