डा. गोविन्द केसीद्वारा २३औं दिनमा अनशन स्थगित « Imagekhabar – Online News Portal of Nepal


डा. गोविन्द केसीद्वारा २३औं दिनमा अनशन स्थगित


0
Shares

बाढी–पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरेका हुन् ।

मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अनशनस्थलमा पत्रकार सम्मेलन गर्दै डा. केसीले सबैको ध्यान विपत्तितर्फ केन्द्रित गर्न बाधा नपुगोस् भनेर अनशन स्थगित गरेको बताए ।

मेडिकल माफियाविरुद्धको आन्दोलन जारी रहेको भन्दै उनले माथेमा प्रतिवेदन समेटेर चिकित्सा शिक्षा ऐन नबनाए पुनः अनशन बस्ने पनि बताए ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा सत्याग्रह स्थगित गरिएपनि ऐन बनाउने क्रममा तोडमोड गरिए फेरि अनशनमा उत्रने चेतावनी दिइएको छ ।

अनशन स्थगित गरेलगत्तै डा. केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालकै आइसीयुमा भर्ना गरिएको छ ।