समितिले गठन गरेको कार्यदलले पुनर्लेखन गरेको संशोधित विधेयक शुक्रबार समितिबाट पारित भएको हो । समितिबाट पारित विधेयकलाई अब संसदको पूर्ण बैठकमा पठाइनेछ । विधेयक पारित भएसँगै १९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीका मागको सम्बोधन हुने दाबी पनि गरिएको छ । विधेयकको प्रस्तावनामै ‘केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनको मर्मअनुसार विधेयक तयार पारिएको’ उल्लेख गरिएको छ ।…