एक हप्ता अघिदेखि दैनिक ५० भन्दा बढी ज्वरो, टाइफाइडलगायतका बिरामी उपचारका लागि आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । जिल्ला अस्पताल पाँचथरमा पनि उपचारका लागि आउनेहरुको संख्या बढ्दै गएकोछ । बिरामीको चाप बढ्दै गएपछि ठाउँको अभावमा भुइँमै राखेर उपचार गराउनुपर्ने अवस्था आएको जिल्ला अस्पतालका प्रमुख डाक्टर पवनकुमार शाहले जानकारी दिए । मौसममा परिवर्तन,…