स्वास्थ्य सेवा विभागले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्तरीको भगाहर गाउँपालिकाको मुसहर बस्तीका ३७ घर–परिवारमा झापापखाला देखिएको र अन्यत्र कुनैपनि समस्या नदेखिएको बताएको हो । सो अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले पानीको सतह घट्दै गएपछिमात्र सरुवारोगको संक्रममण बढ्ने खतरा हुने भन्दै त्यस्तो अवस्थालाई नियन्त्रण गर्न तयारी भइसकेको बताए । महामारीको खतरा हुन…