सोमबार शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले अध्यादेश प्रमाणीकरण गर्न ढिलाइ गर्दा राष्ट्रपति देशको नभएर कुनै पार्टी विशेषको हो कि भन्ने प्रश्न खडा भएको आरोप लगाए । संविधानबमोजिम राष्ट्रपतिले सो अध्यादेश प्रमाणीकरण गर्न एक मिनेट पनि ढिलाइ गर्न नहुने डा. केसीको भनाइ थियो । उक्त अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सात दिनको समय दिने भन्दै डा.…