विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ हुवासमा रहेको अस्पताल करिब दुई दशकदेखि सन्चालनमा आउन सकेको छैन । सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको अस्पताल सन्चालनमा नआउँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । विसं २०५० मा स्थापित १५ श्यैयाको उक्त अस्पताल सन्चालनमा कसैले चासो नदिएको गाउँलेले बताएका छन् ।…