वैद्यखानाका प्रबन्ध निर्देशक डा.वंशदीप शर्मा खरेलले चालु आवको अन्त्यसम्मका कम्तीमा चार उत्पादन ‘गुड म्यानुफ्याक्चरीङ प्राक्टिस’ (जिएमपी) अनुसार उत्पादन गरिने जानकारी दिएका हुन् । त्यसका लागि अन्तर्राष्ट्रिय मापदन्डमा आधारित उत्पादन गर्न पहिलो चरणको गृहकार्य सकिएको उनले बताए । प्रबन्ध निर्देशक खरेलले वैद्यखाना नेपालको सबैभन्दा पुरानो आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग भएकाले यसका उत्पादनलाई पनि अन्तर्राष्ट्रिय मापदन्डअनुसार…