Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


भोजपुर नगरपालिका पूर्णखोप घोषणा

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ । मंगलबार एक कार्यक्रम गरेर पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाका सबै वडाहरु पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गरी सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप सुनिश्चितता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम ढुंगेलले बताउनुभयो ।