काठमाडाैं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि हरपल सहकार्य गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी समय मन्त्रालयसँग सहकार्य गर्ने रहेको बताउनुभयो । उहाँले स्वास्थ्य सङ्कटमा सबै पक्ष जनता बचाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । “स्वास्थ्य सङ्कटमा पहिला जनता बचाऔँ अनि राजनीति गरौैँ ।…