काठमाडौं । चिकित्सा सुधारको माग गर्दै अनसनरत डा.गोविन्द केसीले आज प्रतिनिधिसभाका सदस्यहरुको नाममा एक पत्र लेखी संसदीय समितिले गरेको त्रुटीलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याएर विवेकसम्मत निर्णय गर्न आग्रह गरेका छन् । १६ औं चरणको अनशनमा रहेका डा.के.सीले समय र सत्ता फेरिंदा मुद्दा पनि फेर्नेहरूको बहकाउ र भ्रममा परेर जनप्रतिनिधीमुलक संस्थाले निर्णय…