काठमाडौं, चैत १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताले लाभ लिन्छन् भनेर इर्ष्या गर्न नहुने बताएका छन् । लगानी सम्मेलनको पूर्वसन्ध्यामा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले स्वदेशी लगानीकर्ताबाट लगानी भएन भनेर दर्शन छाँट्नेहरु पनि देखिएको भन्दै ‘लगानीकर्ताले लाभ लिन्छन् भनेर इर्ष्या गर्न हुँदैन’–भने । उनले विद्वान् पुर्खाको ‘जेनेटिक मेमोरी’सहितका नेपाली युवाहरु देशको सबल पक्ष…