काठमाडौं, चैत १९ । १२औं विश्व अटिजम जनचेतना दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल अटिजम सोसाइटीले मंगलबार काठमाडौंको वसन्तपुरमा अटिजम भएका बालबालिकाको सहभागितामा यो दिवस मनाएको हो । कार्यक्रममा अटिजम भएका बालबालिकाको र्याम्प शो, सांगीतिक प्रस्तुति र नृत्य गरेका थिए । नेपालमा तीन लाख बालबालिकामा अटिजम भएको अनुमान छ । अटिजम…