७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उहाँ उपचारका लागि बुधबार नयाँ दिल्ली जानुभएको थियो ।