काठमाडौं । नेपालमा अनुहारका विकृतिसम्बन्धी उपचार लक्षित छुट्टै अस्पताल स्थापना हुने भएको छ । अनुहारमा आउने विभिन्न समस्याहरुको उपचार लागि मात्रै अस्पताल स्थापना हुने भएको हो । अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा नेपाली नागरिकलाई बिना शुल्क उपचार प्रदान गर्ने उद्देश्यले काठमाडाैंको नख्खुमा सञ्चालनमा आउने भएको हो । शनिबार उपचार केन्द्रको सिलन्यास भएको हो…