अशोक घिमिरे (रासस) काठमाडौं, चैत १ । पैसाको माध्यमबाट ‘कोभिड–१९’ (कोरोनाभाइरस) सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट संकलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि…