काठमाडौं । वीर अस्पतालमा शुक्रबार (आज)देखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले शुक्रबारदेखि बिरामीका लागि ७ सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताउनुभयो ।…