Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


विदेशबाट आएका नेपालीलाई ‘क्वारेन्टाइन’ गर्न स्थानीय तहहरुलाई निर्देशन

काठमाडौं, चैत १३ । स्वास्थ्यसचिव यादवप्रसाद कोइरालाले विदेशबाट आएका नेपालीहरुलाई स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा ‘क्वारेन्टाइन’ गर्नुपर्ने बताएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले विदेशबाट आएका प्रत्येक व्यक्तिको स्वास्थ्य अवस्थाको दिनहुँ अनुगमन गर्न र समस्या देखिए परीक्षणका लागि लैजान निर्देशन दिए । त्यसको रिपोर्ट दैनिकरुपमा गृह मन्त्रालयमा बुझाउन प्रत्येक स्थानीय तहका…