Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


सामुदायिक प्राकृतिक चिकित्सालय क्वारेन्टाइनमा परिणत

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ स्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई क्वारेन्टाइनमा परिणत गरिएको छ । उपचारमा रहेका सबै बिरामीहरुलाई घर पठाएर उक्त भवनलाई क्वारेन्टाइनका रुपमा परिणत गरिएको हो । कोरोना भाइरसको संक्रमण बढेपछि चिकित्सालयमा रहेका सबै शैयाहरुलाई क्वारेन्टाइनमा परिणत गरिएको व्यवस्थापक हरि सापकोटाले बताए । एक हजार जनासम्मलाई क्वारेन्टाइनमा राख्न सक्ने चिकित्सालयको क्षमता छ ।…