पोखरा, चैत १४ । कोरोनाभाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । न्युरोडस्थित कार्यालयबाट किटनाशक औषधी छर्न शुरु गरेको महानगरले शुक्रबार जिरो किलोमिटरदेखि हल्लनचोक, लेकसाइडहँुदै सहिदचोकसम्मको सडकमा किटनाशक औषधी छर्केको हो । लेकसाइड क्षेत्रमा किटनाशक औषधी छर्न दमकल प्रयोग गरिएको थियो । त्यसैगरी हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट,…