काठमाडौं, चैत १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट मेडिकलजन्य सामग्री ल्याएपछिमात्र कोरोनाभाइरस परीक्षणको दायरा बढाइने भएको छ । स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले चीनबाट मेडिकलजन्य सामग्री ल्याएपछिमात्र कोरोना परीक्षणको दायरा बढाउने बताए । उनले मानव शरीरमा कोरोनाभाइरस 'जिन' रहे/नरहेको पत्ता लगाउने प्रविधि 'आरटीपीसीआर' सुरु गर्ने जानकारी दिए । आरटीपीसीआरले मानव शरीरबाट लिएको नमुनामा…