Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


कैलाली र कञ्चनपुरका ९२ जनाको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं लगियो

कैलाली, चैत २० । नेपाली सेनाले कोरोना संक्रमणको आशंकामा कैलाली र कञ्चनपुरका ९२ जनाको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं लगेको छ । कोरोनाको आशंका गरिएका ९२ जनाको स्वाब परीक्षणका लागि काठमाडौं लगिएको हो । बिहीबार नेपाली सेनाको ‘स्काई ट्रक’बाट कैलालीबाट संकलित ६९ र कञ्चनपुरका २३ जनाको स्वाब काठमाडौं लगिएको हो ।