काठमाडौं, चैत २१ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका ६९ जना नेपालीको शुक्रबार स्वाब परीक्षण गरिँदै छ । यही चैत ८ गते सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीबाट उनीहरु नेपाल आएका थिए । क्वारेन्टाइनमा राखिएको १४ दिनपछिमात्र उनीहरुको स्वाब परीक्षण गर्न लागिएको हो । क्वारेन्टाइनमा राखिएकाहरुले आफूहरुको स्वास्थ्य परीक्षण पनि नगरिएको र कुनै…