काठमाडौं, चैत २८ । राष्ट्रिय आविष्कार केन्द्रले १४५ ओटा अस्पतालहरुलाई चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको जनाएको छ । केन्द्रले सातै प्रदेशका ४८ जिल्लाका सरकारी अस्पताल, निजी अस्पताल, हेल्थपोस्ट र ‘क्वारेन्टाइन’स्थलमा दुई हजार २५० थान पीपीई उपलब्ध गराएको जनाएको हो । यस्तै, १८५ जना एम्बुलेन्स चालकहरुलाई समेत पीपीई वितरण गरेको भन्दै केन्द्रले…