काठमाडौं, वैशाख २ । नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगको छ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका दुईजनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘मिडिया ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना संक्रमण देखिएको भन्दै…